देश

    दुई संसदीय समितिको बैठक आज बस्दै

    नवलपुर टुडे
    २०८२ भदौ ३ | बिहान ०६:०५ बजे

      काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतका दुई संसदीय समितिको बैठक आज बस्ने भएका छन् । अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्ने भएका हुन् । 

      अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । 

      त्यसैगरी कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ मा दफावार छलफल गर्ने कार्यसूची छ । बैठक दिउसो १ बजेको लागि बोलाइएको छ । 

        कमेन्टहरु