घटना

    सुनसरीको भन्टाबारीमा एक युवक झुन्डिएको अवस्थामा फेला

    देवराजा यादव
    २०८२ साउन ३१ | मध्यान्ह ०२:०४ बजे

      सुनसरी । सुनसरी जिल्लाको कोशी गाउँपालिका- ८ भन्टाबारीमा एक युवक रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । कोशी गाउँपालिका- ८ भन्टाबारीका अन्दाजी ३० वर्षीय बिरेन्द्र राम सनीवार झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

      घरबाट ५ मिटर पछाडीबारी नजिक रहेको रुखको हाँगामा सारीमा झुन्डिएको अवस्थामा रामको शव फेला परेको इलाका प्रहरी कार्यालय भन्टाबारीले जनाएको छ ।

      मृतक रामको शब पोष्टमार्टमका लागि ईनरूवास्थित जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय भन्टाबारीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक पुण्य प्रसाद अधिकारीले जानकारी दिए ।

      घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु