अर्थ

    नवलपरासीको शीतभण्डार प्रयोगविहीन

    रासस
    २०८२ साउन ३१ | मध्यान्ह ०१:०४ बजे

      नवलपरासी, साउन ३१ । सुस्ता गाउँपालिका–४ मा रु पाँच करोड खर्चेर निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन छ । लुम्बिनी सरकारले उक्त रकम खर्चेर आलु, प्याजलगायत कृषि उपज लामो समयसम्म जोगाएर राख्न शीतभणडर निर्माण गरेको हो ।

      सुस्ता गाउँपालिका–४ का वडाध्यक्ष नीलबहादुर गुरुङले भण्डारणका सामग्री नभएकाले हाल शीतभण्डार पूर्ण क्षमतामा उपयोग नभएको बताउनुभयो । केही किसान र व्यापारीका फलफूल शीतभण्डारमा राखिएको जानकारी उहाँले दिनुभयो । चारवर्षअघि निर्मित यो शीतभण्डारमा बाह्रैमहिना कृषि उत्पादन भण्डारण गर्ने सुविधा छ ।

        कमेन्टहरु