अपराध

    ज्यान मार्ने उद्योगमा पनि धरौटी बुझाएर रिहा भए गुन्डा नाइके चक्रे मिलन

    नवलपुर टुडे
    २०८२ साउन ३० | मध्यान्ह ०५:०४ बजे

      काठमाडौं, साउन ३० । गुन्डा नाइकेको रूपमा चिनिँदै आएका चक्रे मिलन (मिलन गुरुङ) धरौटीमा रिहा भएका छन् । उनलाई जिल्ला अदालत भक्तपुरले पनि धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

      जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार धरौटीमा छाड्न आदेश जारी गरेको हो ।

      बिहीबार मुद्दाको सुनुवाइ नभ्याउने भएपछि पेशी तोकिएको थिएन । आज शुक्रबार भने न्यायाधीश न्यौपानेको इजलासले चक्रेको मुद्दामा बयान र थुनछेक सकेर आदेश जारी गरेको हो ।

       
       

        कमेन्टहरु