समाचार

    चितवनमा भूमिगत सिँचाइ आयोजनाको कार्यक्षेत्र विस्तार

    रासस
    २०८२ साउन ३० | बिहान ११:०४ बजे

      चितवन, साउन ३० । भूमिगत सिँचाइ आयोजनाको कार्यक्षेत्र विस्तार भएको छ । चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कार्यक्षेत्र भएको आयोजनामा बारा र पर्सा थपिएका छन् ।

      आयोजना प्रमुख विश्वबन्धु केसीका अनुसार तराई क्षेत्रमा पानीको समस्या बढेसँगै सरकारले आयोजनाको कार्यक्षेत्र विस्तार गरेको हो ।

      चालु आवमा २४ वटा भूमिगत सिँचाइका आयोजना पूरा गर्ने लक्ष्य निर्धारण गरिएको छ । पुराना तीन जिल्लामा १२ र थपिएका दुई जिल्लामा रु १९ करोडको लागतमा १२ वटा ट्युवेल जडान गरिने छन् । ती जिल्लामा ५४ वटा ट्युबेलको माग छ । 

        कमेन्टहरु