दुर्घटना

    रसुवामा बस दुर्घटनामा २० जना घाइते(नामसहित)

    नवलपुर टुडे
    २०८२ साउन २९ | मध्यान्ह ०६:०४ बजे

      रसुवा । रसुवाको पासाङल्हामु राजमार्गमा बिहीबार दिउँसो एक यात्रुवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ। रसुवाको उत्तरगया गाउँपालिका-५, लहरेपौवामा गत्लाङबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ८४३५ नम्बरको बस अटोलाई साइड दिने क्रममा सडकबाट करिब ४० मिटर तल खसेको थियो।

      दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले घाइतेहरूको उद्धार गरी त्रिशुली अस्पताल, नुवाकोट पुर्‍याएका थिए। गम्भीर घाइतेहरूलाई थप उपचारका लागि काठमाडौंको ग्रीन सिटी अस्पतालमा रिफर गरिएको छ।

      घाइतेहरुको नामावली

      गम्भीर घाइते

      १. प्रिस्किला तामाङ, २० वर्ष, आमाछोदिङ्मो-१, रसुवा (काठमाडौं रिफर)
      २. दावा साङ्मो तामाङ, ५१ वर्ष, आमाछोदिङ्मो-१, रसुवा (काठमाडौं रिफर)
      ३. बुद्दि वि.क., ५४ वर्ष, किस्पाङ-३, नुवाकोट
      ४. सुनिता तामाङ, २८ वर्ष, आमाछोदिङ्मो-४, रसुवा

      मध्यम घाइते

      ५. गंगा पौडेल, ३८ वर्ष, उत्तरगया-२, रसुवा
      ६. जुनिसा तामाङ, २४ वर्ष, आमाछोदिङ्मो-५, रसुवा
      ७. गणेश सुनार, २७ वर्ष, मेगाङ-४, नुवाकोट (चालक)
      ८. राजकुमार सेन्चुरी, २१ वर्ष, मेगाङ-३, नुवाकोट (सहचालक)
      ९. तेन्चेन मेन्दु तामाङ, २८ वर्ष, आमाछोदिङ्मो-४, रसुवा
      १०. दावा घले, ५२ वर्ष, गोसाईकुण्ड-५, रसुवा
      ११. पासाङ बुटी शेर्पाको २ महिने छोरी (काठमाडौँ रिफर)
      १२. सम्बर लामा, ४७ वर्ष, धादिङ
      १३. राम माया घले, ४० वर्ष, धादिङ
      १४. सोना तामाङ, २७ वर्ष, नौकुण्ड-१, रसुवा
      १५. सिता पौडेल, ३२ वर्ष, सुर्यगढी-४, नुवाकोट

      सामान्य घाइते

      १६. बिवश लोप्चन, २१ वर्ष, नौकुण्ड-१, रसुवा
      १७. गणेश पौडेल, ३८ वर्ष, उत्तरगया-२, रसुवा
      १८. जुनिसा तामाङ, २४ वर्ष, आमाछोदिङ्मो-५, रसुवा
      १९. दिपेस परियार, १६ वर्ष, गोलाङजोङ, सिन्धुली
      २०. सुजन सुनार, वर्ष नखुलेको, बिदुर न.पा.-१३, नुवाकोट

        कमेन्टहरु