मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

    बेलिब्रिजलाई दानसागु सार्न टेन्डर आह्वान

    उमेश रोकाया
    २०८२ साउन २९ | मध्यान्ह ०१:०४ बजे

      ‎बाजुरा , साउन २९ । जडाङ्गा स्थित बुढिगंगा नदीमा रहेको बेलिब्रिजलाई सार्न टेन्डर आह्वान गरिएको छ । सडक डिभिजन कार्यालय साँफेबगर अछामले बाजुराको दानसागु खोलामा बेलिब्रिज निर्माणका लागि टेन्डर आह्वान गरेको हो ।

      ‎बेलिब्रिजलाई सारेर दानसागु खोलामा जडान गर्ने योजना अनुसार टेन्डर खोलिएको डिभिजन कार्यालय साँफेबगर अछामले जनाएको छ । करिब अढाई करोड रुपैयाँ लागत अनुमान गरिएको सडक डिभिजन कार्यालय साफेका प्रमुख नेत्र देवकोटाले बताएका छन् ।

      उहाँका अनुसार टेन्डर यहि साउन २९ गते प्रकाशित गरिएको हो र ३० दिनसम्मका लागि टेन्डर खुला गरिएको छ । सम्बन्धित निर्माण कम्पनी वा ठेकेदारले तोकिएको समयसीमा भित्र प्रस्ताव पेश गर्नु पर्ने,उहाँको भनाई छ ।

      ‎नागरिकहरुले लामो समय देखि दानसागु खोलामा सुरक्षित आवतजावतका लागि पुलको आवश्यकता रहेको भन्दै माग गर्दै आउनुभएको थियो । दागसागुमा बेलिब्रिज निर्माण भएपछी पुर्वीउत्तरी क्षेत्र लगायत छिमेकी जिल्ला मुगु,हुम्ला,कालिकोटका नागरिकहरुलाई आउजाउमा सहज हुने भएको छ ।

      <span;>‎

        कमेन्टहरु