अपराध

    झुम्का कारागारबाट कैदी भागे

    नवलपुर टुडे
    २०८२ साउन २८ | मध्यान्ह ०३:०४ बजे

      सुनसरी, साउन २८ । झुम्का कारागारबाट एक जना कैदी भागेका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका २ घर भएका २८ वर्षीया रुपक पौडेल खत्री हिजो (मंगलबार) राति कारागारबाट भागेका हुन् ।

      जेलर सुवासकुमार लामिछानेका अनुसार कारागारको ‘बी’ ब्लकमा राखिएका कैदी कारागारको पर्खाल नाघेर फरार भएका थिए ।

      सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

        कमेन्टहरु