देश

    मल खाद्य नपाएर किसान चिन्तित

    जगत ठाडा मगर
    २०७८ साउन १३ | मध्यान्ह ०८:०४ बजे

      विसुन देव सरदार

      सिरहा । सिरहा जिल्ला भरिका अधिकांश किसानहरु मल खाद्य नपाएको कारण अवस्था कहाली लाग्दो अर्थात अति नै चिन्तित भएको छ ।

      आज कृषि सामग्री कम्पनी लिमिटेड लहानका कार्यालय प्रमुख दिपक पौड्याललाई प्रत्यक्ष भेटघाट गर्दा आज बिहानै सैयौं जना किसानलाई गाउँपालिका नगरपालिका फर्काए । स्थानीय तहको सिफारिसमा हरेक कृषि सामग्री सहकारीलाई मैले मल खाद्य सोमबार वितरण गरे।

      अहिले डिएपी प्रति बोरा २२५०/- ,युरिया प्रति बोरा ७८८ सहकारीलाई दिइएको पौड्यालले बताए । पौड्यालका अनुसार फेरि पनि आउँदो सोमबारबाट मल वितरण गरिने योजना रहेको उनले जानकारी दिइएको हो ।

      धान रोपिसके पछि १ हप्ता भित्र मल खाद्य दिनुपर्ने अनिवार्य हुन्छ । तर, नेपाललाई कृषि प्रधानको दर्जा दिइएको छ,तर उक्त दर्जा कागजमै सिमित भएको अवस्था छ ।

      किसानको समस्या सामाधान गरिदिन प्रशासन पक्ष लगायत सम्बन्धित निकायले यस बारेमा चासो लिनुपर्ने देखिन्छ । तर, गोप्य सुचना प्राप्त अनुसार मल खाद्यमा चरम् कालाबजारी भईरहेको समेत खुलासा भएको हो । त्यसमा पनि जनप्रतिनिधि र सहकारीका अध्यक्ष मिलेमतोमा, आखिर कहिले कालोबजारी अन्त्य ?

        कमेन्टहरु