देश

    सशस्त्र प्रहरीका ६ जना प्रहरी उपरीक्षक (एसपी) एसएसपीमा बढुवा सिफारिस

    नवलपुर टुडे
    २०८२ साउन २० | बिहान ०७:०४ बजे

      काठमाडौं । सशस्त्र प्रहरी बलका ६ जना प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

      सोमबार बेलुका बसेको बढुवा समितिको बैठकले रिक्त ६ पदमा बढुवाका लागि सिफारिस गर्दै सूचना प्रकाशित गरेको हो । बढुवा सिफारिस उपर चित्त नबुझे एक साता भित्रमा उजुरी दिन सकिने छ ।

      एसपीहरू ध्रुवबहादुर कार्की, जनक पुरी, यादव विश्वकर्मा, टोपबहादुर खनाल, अशोककुमार बम र वीरेन्द्रबहादुर ऐर एसएसपीमा बढुवाका लागि क्रमशः सिफारिस भएका छन् ।

      हेर्नुस् सूची
      6(23)

      0

        कमेन्टहरु