दुर्घटना

    कावासोतीमा सिटी बस दुर्घटना १५ जना घाइते

    नवलपुर टुडे
    २०८२ साउन १९ | बिहान ०६:०४ बजे

      नवलपुर, साउन १९। नारायणगढ आउँदै गरेको सिटी बस कावासोतीमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन । नवलपुरको कावासोतीमा आइतबार साँझ ७ बजे बस दुर्घटना भएको हो ।

      कावासोतीबाट नारायणगढ आउँदै गरेको ना ७ ख १५७६ नम्बरको बस कावासोती ८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।

      दुर्घटनामा परी बसमा सवार ३० जनामध्ये १५ जना घाइते भएको र उनीहरुको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा र पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा पठाइएको नवलपुर प्रहरीले जनाएको छ ।

      बसको स्टेरिङ्ग फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

       

        कमेन्टहरु