इतिहास, कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, देश, बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, समाज, साहित्य, सुदुरपश्चिम प्रदेश

    कविताको शिर्षक  अन्तर्राष्ट्रिय मित्रता दिवसको सन्दर्भ

    याम बहादुर थापा मगर
    २०८२ साउन १६ | मध्यान्ह ०२:०४ बजे
    याम बहादुर थापा मगर बागलुङ नगरपालिका वडा नंं १० ,भकुण्डे, धौलेचउर,बागलुङ

      याम बहादुर थापा मगर

      बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर बागलुङ

       

      कविताको शिर्षक

       अन्तर्राष्ट्रिय मित्रता दिवस

      मेरो एउटा साथी छ ।
      न त केवल गीतको धुनमा,
      न त केवल सम्झनाको कुनामा
      जीवनका आरोह-अवरोहमा
      साथ दिने, सम्हाल्ने, हाँस्ने, रुन सक्ने एक मान्छे।
      “गाँस छाड्नू तर साथ नछाड्नू” भन्ने
      नेपाली उखान जस्तै अटल
      र “एक मान्छेको मायाले जिन्दगी कति फरक पर्छ” भन्ने गीत जस्तै
      गहिरो अनुभूति बोकेको सम्बन्ध हो मित्रता।

      विश्वका कुनाकाप्चामा
      आज एक अर्कालाई कार्ड, फूल, सन्देश र आलिङ्गनले
      मित्रता दिवस मनाइँदैछ।
      यो केवल सन्देश दिने दिन होइन ।
      यो विश्वास गाढा बनाउने दिन हो।
      यो मनका दरारहरू मेट्ने,
      दूरी घटाउने,
      र फाटेका सम्बन्धहरू सिलाउने दिन हो।

      मदर टेरेसाले भनेकी थिइन् ।
      “मित्रता भन्नु भनेको कुनै शर्तसहितको सम्झौता होइन,
      यो त निःस्वार्थ प्रेम हो,
      जहाँ न जात छ, न धर्म, न सीमा, न स्वार्थ ।”

      नेपालमा पनि
      भोटे साथीसँग माघे संक्रान्ति बाँडिन्छ,
      थारू मित्रसँग माघी,
      मुस्लिम साथीको इदको खुसियाली
      र इसाई मित्रको क्रिसमसको उज्यालो
      साँस्कृतिक विविधताभित्र मित्रताको धागो
      सयपत्री माला जस्तै फुल्छ।

      राजनीतिक विभाजन,
      सामाजिक ध्रुवीकरण,
      घृणा र पूर्वाग्रहले भरिएको समाजमा
      साँचो मित्रता बन्छ एक बलियो स्तम्भ।
      कहिलेकाहीँ विचार फरक पर्छ,
      तर साँचो मित्रता विचार होइन,
      मूल्यमा अडिएको हुन्छ ।
      विश्वास, सहिष्णुता र करुणामा।

      मित्रता दिवस
      फेसबुकको स्टाटसमा सीमित नहोस्,
      यो बनोस् कार्यमा,  व्यवहारमा,
      र सम्बन्धमा जिउँदो प्रमाण।
      किनकि
      साँचो मित्रता सधैँ आवश्यकता हो ।
      सामाजिक, मानवीय र भावनात्मक।

      मेरो एउटा साथी छ ।
      उ उसै हो, जसले मलाई बुझ्छ
      मेरो मौनतालाई शब्द दिन्छ ।
      र सधैँ भन्ने गर्छ ।
      “साथी, म छु है !”

        कमेन्टहरु