अर्थ

    पेट्रोलको घट्दा डिजेल–मट्टीतेल र हवाई इन्धनको मूल्य बढ्याे

    नवलपुर टुडे
    २०८२ साउन १६ | बिहान ०६:०४ बजे

      काठमाडाैँ । पेट्रोलको मूल्य घट्दा डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो।

      त्यस्तै डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ बढाउँदा हवाई इन्धनको आन्तरिकतर्फ ३ रुपैयाँले मूल्य वृद्धि गरिएको छ। त्यस्तै अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २१ अमेरिकी डलरले वृद्धि भएको निगमले जनाएको छ।

      524655249 1195213529077072 5431870416185575436 n

       

        कमेन्टहरु