यातायात

    कालीगण्डकी सडक अवरुद्ध

    रासस
    २०८२ साउन १५ | बिहान ११:०४ बजे
    फाइल तस्बिर

      गुल्मी । पहिरोका कारण कालीगण्डकी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो आज बिहान खसेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

      सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिए । पहिरो पन्छाउने प्रयास जारी छ ।

        कमेन्टहरु