कृषि, तस्कर, दुर्घटना, देश, धर्म–संस्कृति/रीतिथिति, निर्वाचन, पर्यटन, प्रदेश, प्रबास, बजार/ब्यबसाय, बिश्व, मानवअधिकार, मुख्य समाचार, मौसम, रोजगार, वातावरण, विश्व, समाज

    यूएईमा हुने NRNA अधिवेशनका लागि भुवन कुमार वाग्लेले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छन्। 

    कबिराज राजबंशी
    २०८२ साउन १४ | बिहान ११:०४ बजे

      IMG 20250730 WA0014

       

      कविराज राजवंशी 

      प्रवास यूएई, दुवई/ गैरआवासीय नेपाली संघ (NRNA) – राष्ट्रिय समन्वय परिषद, दुवईको राष्ट्रिय महाधवेशन २४ अगस्त, २०२५ मा आगामी कार्यकाल (२०२५–२०२७) का प्रभावकारिता, समावेशीता, आर्थिक पारदर्शिता सहितको सबल र आत्मनिर्भर NA- NRNA निर्माण गरि नेपाली समूदायको ईज्जत वृद्दि गर्ने नेतृत्व स्थापना गर्ने संकल्पका साथ कार्यसमिति अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। वर्तमान NRNA UAE महा सचिव समेत रहनु भएका उनी छोटो समयममा यूएईका नेपाली श्रमीकहरूको समस्यलाई सबै समाधानमा सक्रिय भूमिका निर्वाहा गर्दै आएका छन् । उहाँले आफ्नो अनुभव, लगनशीलता र सेवाभावलाई आधार मानी आगामी कार्यकालमा NRNA NCC UAE लाई अझ सशक्त र प्रभावशाली बनाउन योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। 

      Screenshot 20250727 103333

      उनले उमेदवारी दिँदै गर्दा जनाएका प्रतिबद्धताहरु

      १. यूएईको नेपाली समूदायमा रहेको ठगी, दलाली र सामाजिक विकृति विरूद्ध आवाज उठाउने

      २. पीडित दाजूभाई दिदिबहिनीको उद्दार राहतको लागि पुरुष र महिला छुट्टाछुट्टै शेल्टर बनाउने

      ३. मध्यपूर्वमै पहिलोपटक नेपालीहरूको आफ्नै कम्यूनिटी हल बनाउने

      ४. नेपाल फेस्टिभल आयोजना गरि नेपालको पर्यटन अभिवृद्दि तथा नेपाली उत्पादनहरूको यूएई तथा विश्वभरि बजारीकरण

      ५. यूएईस्थित नेपाली राजदूतावास र कन्सूलर कार्यालयको सेवा स्मार्ट र श्रमिक मैत्री बनाउन पहल गर्ने

      ६. आर्थिक पारदर्शिता सहितको सबल र आत्मनिर्भर NA- NRNA निर्माण गरि नेपाली समूदायको ईज्जत वृद्दि गर्ने

       

        कमेन्टहरु