देश

    नेकपा एमालेका अध्यक्ष केपी ओली पुगे पार्टी कार्यालय थापाथली

    जगत ठाडा मगर
    २०७८ साउन १३ | मध्यान्ह ०१:०४ बजे

      काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा गएका छन्।

      उनी अहिले आफ्नो कार्यकक्षमा छन् । एमाले महासचिव ईश्वर पोखरेलसहित केही नेता–कार्यकर्ता पनि ओलीसँगै कार्यालय पुगेका छन् । अब ओली
      आवश्यकताअनुसार पार्टी कार्यालय आउने उनको सचिवालयले जानकारी दिएको छ ।

      गत वैशाख ९ गते नेकपा एमालेको कार्यालय थापाथलीमा सारिएको थियो । प्रधानमन्त्री हुँदा ओली खासै पार्टी कार्यालय धाउदैनथे ओलीले प्राय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै सबै बैठकहरु राख्ने गर्दथे ।

        कमेन्टहरु