घटना

    तम्घासमा आगलागीबाट २५ वर्षीया युवतीको मृत्यु

    रासस
    २०८२ साउन ११ | बिहान १०:०४ बजे

      तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–५, वस्तु अमराईमा आगलागीमा परेर २५ वर्षीया जुना विकको मृत्यु भएको छ । धुर्कोट–५ का वडाध्यक्ष केशवराज भण्डारीका अनुसार, मानसिक अवस्था कमजोर रहेकी जुना आफैँले आइतबार (साउन ११) बिहान घरमा आगो लगाएको थिइन् ।

      स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट तीन लाख रुपैयाँभन्दा बढीको धनमाल पनि क्षति भएको जनाइएको छ ।

        कमेन्टहरु