देश

    फेरि बढ्यो सुन तस्कर, निमानस्थलबाट १ सय ६५ ग्राम सुनसहित एक जना पक्राउ

    जगत ठाडा मगर
    २०७८ साउन १३ | मध्यान्ह ०१:०४ बजे

      काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो १ सय ६५ ग्राम सुन सहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

      हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका गोरखा घर भएका २८ वर्षीय पदम परियारलाई विमानस्थलमा खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

      परियारलाई विमानस्थलस्थित आन्तरिकतर्फको भन्सारमा जाँच गर्ने क्रममा सुटकेशभित्र फलामे धातुको कप आकारको वस्तुमा उक्त सुन लुकाई ल्याउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

      उनलाई उक्त सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

        कमेन्टहरु