दुर्घटना

    सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

    नवलपुर टुडे
    २०८२ साउन १० | बिहान ११:०४ बजे

       भद्रपुर (झापा) । झापाको दमक–४ चियाबगानस्थित आज बिहान सवारी दुर्घटनामा परी साइकलयात्रीको मृत्यु भएको छ । 

      पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नं १–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । 

      दुर्घटनामा परी साइकलयात्री दमक–४ घरघरेका ६० वर्षीय सोमबहादुर विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।  

      दुर्घटनामा परी गम्भीर घाइते विकको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको प्रनाउ खड्काले बताए ।

        कमेन्टहरु