देश

    मोरङमा एकैदिन १३० जना कोरोना संक्रमित थपिए

    नवलपुर टुडे
    २०७७ अशोज १२ | बिहान ११:०६ बजे

      काठमाडौं । मोरङका विभिन्न स्थानमा थप एक सय तिस (130) जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

      कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा ५१ महिला र ७९ पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो संख्या मोरङमा एकैदिन संक्रमित हुनेको हालसम्मकै धेरै हो । समुदायस्तरमा संक्रमण देखिएको विराटनगरमा एकैदिन १३० जना थपिएपछि मोरङमा संक्रमितको संख्या २ हजार एक सय ८६ पुगेको हो ।

      विराटनगरमा संक्रमितमध्ये २३ जनाको मृत्यु भइसकेको छ र प्रदेश १ मा यसअघि एकैदिन १८१ कोरोना संक्रमित थपिएका थिए । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४३६ जना पुगेको छ ।

        कमेन्टहरु