अपराध

    पाल्पामा बलात्कार आरोपमा ५२ वर्षीय क्षेत्री पक्राउ

    नवलपुर टुडे
    २०८२ साउन ३ | मध्यान्ह ०४:०४ बजे

      पाल्पा । पाल्पामा बलात्कार आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामपुर नगरपालिका–७ का ५२ वर्षीय खुमबहादुर क्षेत्री छन् ।

      २३ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार (साउन २) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

      खुमबहादुरले ती महिलाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु