देश

    पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि पाए सफाइ

    जगत ठाडा मगर
    २०७८ साउन १२ | मध्यान्ह ०३:०४ बजे

      काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले बलात्कारको मुद्दामा उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन् ।

      उच्च अदालत पाटनकी प्रवक्ता अमृताकुमारी शर्माका अनुसार मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई नै सदर गरेको हो।

      पूर्वसभामुख महरामाथि संसद सचिवालयकी एक कर्मचारीले बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका कारण महराले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो ।

      तर पीडित महिलाले नै जिल्ला अदालतमा उपस्थित भएर महराले बलात्कार नगरेको वयान दिएपछि जिल्ला अदालतले बलात्कारको दावीमा प्रमाण नपुग्ने भनी सफाइ दिएको थियो ।

        कमेन्टहरु