देश

    अखिल नेपाल महिला संघको अध्यक्षमा थममाया थापा मगर चयन

    जगत ठाडा मगर
    २०७८ साउन १२ | बिहान ०७:०४ बजे

      काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल महिला संघको संयोजकमा पूर्वमन्त्री थममाया थापा मगर चयन भएकी छन् ।

      अनेमसंघको सचिवालय बैठकले सहसंयोजक थापालाई संयोजक चयन गरेको हो । यसअघिको संयोजक सीता पौडेल गण्डकी प्रदेश प्रमुख नियुक्त भएपछि खाली रहेको ठाउँमा सहसंयोजकलाई जिम्मेवारी दिइएको अनमेसंघकी सचिव सुजिता शाक्यले जानकारी दिइन् ।

      अनेमसंघको सातौ राष्ट्रिय सम्मेलन फागुनमा गर्ने तय भएको छ ।

        कमेन्टहरु