मुख्य समाचार, समाचार, साहित्य, सुदुरपश्चिम प्रदेश

    शिर्षक: आमा

    उमेश रोकाया
    २०८२ असार २५ | मध्यान्ह ०२:०३ बजे

      आकाश झैँ विशाल माया,

      सागर झैँ गहिरो छाया।

      जीवनको पहिलो शब्द,

      आमा नै हुन साँचो श्रद्धा।

      घाममा ओत, रातमा निद्रा,

      दुखमा संजीवनीको बिद्या।

      हासोमा लुकेको पिरती,

      शब्दभन्दा गहिरो सत्य स्नेही।

      थाक्दा उहाँको हात समाउँछु,

      रुँदा उहाँको काख रमाउँछु।

      कहिल्यै नथाक्ने त्यो मन,

      आमा भगवानको रूप हुन।

      आफ्नो आँसु लुकाइ दिनुहुन्छ,

      सधैं हाम्रै हाँसो खोज्नुहुन्छ।

      ‎भोकमा हामीलाई खुवाएर,

      आफू चुपचाप भोकै बस्नुहुन्छ।

      बाँचुन्जेल साथ दिने छाया,

      आमा — माया, बलिदानको माया।

      ‎शब्दले व्यक्त गर्न नसक्ने,

      उहाँप्रति श्रद्धा सधैं अमर रहने छ मेरो माया

      शब्दः मनसिंह बुढा

        कमेन्टहरु