देश

    दुबै मृगौला फेल भएका बृखबहादुर मगरलाई सहयोग गरौं

    जगत ठाडा मगर
    २०७७ अशोज ९ | बिहान ०९:०६ बजे

      मंगलबारे गाबिस – ८, पुङ्फुङ साबिक देउमाई नगरपालिका – २, इलाम स्थायी घर, हालको बसाइँ माई नगरपालिका – ४, दानाबारी शुक्रबारे इलाम डेरा गरि बस्ने बर्ष – ३५ का बृख बहादुर मगरको दुबै मृगौला फेल भएर काठमाडौ स्थित सुमेरु अस्पतालमा उपचार गराउदैछ ।

      बिरामीको उपचारको लागि घरको आर्थिक अबस्था नाजुक छ । सम्पतिको नाममा ओइलेनी जग्गामा बनेको सानू झुपडी बाहेक केही छैन । बुढेसकालको साहारा छोरा नै यस्तो अबस्थामा रहेको दुख पोख्दै वहाँको बृद्धअबस्थाका बुबाआमा खम्बा सिंह मगर र बुद्ध माया मगरले आफुहरु भोकै बसेर भए पनि छोराको उपचारको लागि सहयोग जुटाउन देशबिदेशमा रहनुभएका मनकारी सहयोगीदाता बुबाआमा, दाजुभाई, दिदिबहिनी र विभिन्न संघसंस्थाहरुलाई आह्वान गर्नुभएको छ ।

      सहयोगीहरुले एभरेष्ट बैंक शाखा ललितपुर सातदोबाटोमा रहेको खाता नम्बर :- 05700501202361 मा जम्मा गरि सहयोग गरि बृर्खबहादुर मगरलाई बचाई दिन अनुरोध गर्दछ ।

      बिस्तृत जानकारीको लागि :-
      9813416737
      9811925813
      9807054946
      9813953149
      9828590255

      सुमेरु अस्पताल काठमाडौ
      01-4373452
      01-4360876

        कमेन्टहरु