खेलकुद

    एसीसी यू १६ इस्ट जोन कप: फाइनल खेलमा नेपालले टस हारेर बलिङ गर्दै, पहिलो ओभरमै लियो विकेट

    नवलपुर टुडे
    २०८२ असार २१ | बिहान ०९:०३ बजे
    तस्बिर : क्यान

      काठमाडौं । एसीसी यू १६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले सिङ्गापुरसँग टस हारेर बलिङ गरेको छ । मलेसियाको युकेएम वाइएसटी ओभलमा सिङ्गापुरले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको हो। नेपाली डिफेन्डिङ च्याम्पियनको रुपमा यो फाइनल खेल खेलिरहेको छ।

      नेपालले पहिलो ओभरमै सिंगापुरको विकेट लिएको छ । पहिलो ओभरको दोस्रो बलमा अभय यादवले विपिनप्रसाद शर्माको हातमा सिङ्गापुरका सर्वाधिक रनकर्ताको रूपमा रहेका आहान वुथानदमको विकेट लिएका हुन्। अपराजित रहँदै फाइनल प्रवेश गरेको नेपाल यो प्रतियोगितामा बलियो देखिएको छ । सिङ्गापुर समूह चरणमा नेपालसँग पराजित भएको टिम हो । त्यसपछि भने सिङ्गापुरले कुनै पनि खेल हारेको छैन।

      सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। सिङ्गापुर पनि हङकङलाई हराउँदै फाइनल प्रवेश गरेको हो। 

       

        कमेन्टहरु