मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य
आई.एन.एफ. द्वारा जनप्रतिनिधि तथा सरोकारवालाको संयुक्त अनुगमन


बाजुरा , असार २० । आई.एन.एफ.नेपाल बाजुरा शाखा द्वारा हिमाली गाउँपालिका सञ्चालित आई.डि.एल. र राइस परियोजनाको वार्षिक समिक्षा सहित स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायको संयुक्त अनुगमन गरिएको छ । हिमाली गाउँपालिका -५ रुगिनमा गाउँपालिका, वडा र आई.एन.एफ.नेपाल बाजुरा शाखाको संयुक्त अनुगमन गरेको थियोे ।
संस्थाले विगत एक वर्ष भित्र गरेको समुह, स्वास्थ्य र विधालयमा क्षेत्रमा गरेका कामहरू स्थलगत अनुगमन गरेका छन । रुगिन स्वास्थ्य चौकीमा पर्खाल भत्किएर गाउँसम्म पहिरो आउने ठाउँमा नियन्त्रण गर्न गाउँपालिका बिच सहकार्य गरेर त्यसमा लाग्ने सिमेन्ट सय बोरा सहयोगमा पर्खाल निर्माण गरेको छ् । सोही स्वास्थ्य संस्था बिरामी र कर्मचारी बस्ने चौतारी बनाएको छ । स्वास्थ्य चौकीलाई सोलार दुई वटा ब्याट्री र एउटा इनभटर हस्तान्तरण गरेको छ ।
सुत्केरी गराउने बेड पनि सहयोग गरेका छौँ । सुत्केरी भएको महिला फोहोर जथाभावी नफाली एकै ठाउँमा फाल्नका लागि खाडल बनाएका छ । दिवा खाजाका लागि पिउने पानी आवश्यक हुँदा पालिका ४,५ र ६ वडाका १० वटा विधालयमा ५ सय लिटरको ड्रम सहयोग गरेको छ । सिचाइ ट्यान्की राइस परियोजनाबाट निर्माण गरेर प्रयोग गरिएको छ । सुख्खा जग्गालाई सदुपयोग ल्याउनको लागि सिचाइ ट्यान्की बनाइएको आई.एन.एफ.नेपाल बाजुरा शाखा अन्तर्गत IDEALपरियोजनाको सहायक क्षमता विकास अधिकृत सम्झना शाहीले बताउनुभयो ।
जसले गर्दा मौसमी र बेमौसमी तरकारी उत्पादन गर्न सजिलो होस् भनेर ट्यान्की निर्माण समेत गरिएको छ । हिमाली गाउँपालिका -७ बाँधु गाउँमा मिलिजुली समुह अन्तरक्रिया कार्यक्रम गरिएको छ । गाउँपालिका कृषि शाखा प्रमुख टोपबहादुर शाही अनुसार , “समुह घुम्ती कोष रकम राम्रो आमदानी भएको देखिन्छ । घरको आगनमा जुठेला च्याङ बनाएको छ ।” सबैभन्दा बाँधु गाउँको समुह सक्रिय देखिन्छ । संस्था हटेपनी गाउँमा समुहहरु जादैन, समुह गाउँका सशक्त भएर लागेर सक्रिय राख्न सकिन्छ । आगामी दिनहरूमा पालिका र गैरसरकारी संस्था समन्वय गर्न सकिन्छ “। जे गर्नुभएको छ, राम्रो गर्नुभएको छ।” बिउ बिर्जन गर्ने काम सक्रिय रूपमा लाग्न हुन सुझाव सहित दिनुभएको छ ।
अहिलेसम्म गरिरहेका क्रियाकलापहरु समुह कसरी निरन्तर दिने भन्ने कुराहरु छलफल भएको छ । कार्ययोजना बनाएर महिला समुह द्वारा पदमार्ग बाटो निर्माण गरिएको छ । पहिलो हिलो बाटो हिड्नु पर्ने स्थिति अहिले हटेको छ । प्रत्येक वर्ष समुहलाई बिउ पुजी २० हजार रूपमा सहायता गरिएको छ । राइस परियोजनाबाट सुधारिएको बाख्रा खोरपनि दिएको छ । साथै समुहमा तरकारी खेतीको बारेमा जनचेतनामूलक कार्यक्रम दिने गरिएको छ । जलवायु संग अनुकूल लागि तरकारी खेती पनि कार्यक्रम सञ्चालन भएको आई.एन.एफ.नेपाल बाजुरा शाखा सहायक परियोजना अधिकृत शंकर उखेडाले बताउनुभयो ।
राइस परियोजनाबाट ५ वटा ट्रनेल सहयोग गरेको छ । स्थलगत अनुगमन गर्दा ट्रनेलमा तरकारी लगाएको देखिन्छ । सिजन बिसिजन समय तरकारी फलाएर बेचेको आमदानीबाट बाल बच्चा पढाउने र घरखर्च धान्ने, बिरामी भएपछि उपचार र लत्ताकपडा किन्न लागि सहायता भएको छ । २०७५ साल साउन महिनाबाट हिमाली गाउँपालिकामा आई.एन.एफ.नेपाल संस्था लागू भएको हो ।
सुरुमा समुह गठन गरेको थियोे । अहिले बुढिनन्दा नगरपालिका र हिमाली गाउँपालिका गरेर ९० वटा समुह रहेका छ्न । हिमाली गाउँपालिका १ देखि ७ वडा सम्मका ७४ वटा समुह सक्रिय रहेकोे देखिन्छ । सबै समूह आयआर्जन कामहरू, समुहलाई सशक्तीकरण गर्न, अन्य संस्थालाई समन्वय गर्न र क्षमता विकासको कामहरू गर्दै आएको छ । केही समुहहरुले बाख्रा पालन, तरकारी खेती, पोली हाउस आफैले कार्ययोजना बनाएर कार्यनयन गर्नुभएको अधिकृत उखेडाले बताएका छन ।
समुह द्वारा बाहिर संग आई.एन.एफ.नेपाल बाजुरा शाखा र आफ्नो स्रोतले सिचाइ कुलो, बाटो निर्माण गरेको छन । प्लास्टिक जथाभावी फाल्ने गरेको त्यसले जलवायु परिवर्तन अभिमुखिकरण पाएपछि प्लास्टिक एकै ठाउँमा राख्नु पर्छ भन्ने हिसाबले खाडक बनाएको छ । साथै समुहले मासिक बचत गर्नुभएको छ । अहिलेसम्म झन्डै १ करोड २६ लाख रुपैयाँ समुहले बचत गरेको पाइएको आई.एन.एफ.नेपाल बाजुरा शाखा हिमाली गाउँपालिका टिम लिडर लक्ष्मीप्रसाद जोशीले बताउनुभयो ।
हिमाली गाउँपालिका -५ रुगिन र नदपाटा गाउँका लागि मिल सहित घर बनाउने आवश्यक सामाग्री आई.एन.एफ.नेपाल बाजुरा शाखा सहयोग गरेको छ । मिल खरिद सहित मिल घर बनाउन जस्तापाता सहयोग गरेको छ । गाउँबाट गहुँ र कोदो पिस्न २ घण्टा लगाएर पिठो ल्याउनुपर्छ । यदि मिल सञ्चालनमा आएपछि धान, गहुँ र कोदो पिस्न सुबिधा हुनेभएको छ । मिल घर बनाउने पारिश्रम दुई गाउँका स्थानीयहरुले श्रमदान गरेर बनाउन लागिएको दल बहादुर कार्कीले बताएका छन ।
“गाउँपालिकामा आई.एन.एफ.नेपाल संस्था लागु भएपछि गाउँमा जनचेतनामूलक कार्यक्रममा सहभागिता हुनु पाएका छौँ । घरमा बिउ बिजन पाएको छ । आफ्नो जिम्मेवारी आफै गर्ने भएको छौँ ।” पोषण सुधार भएको छ । गाउँमा सरसफाइ देखि समाज रुपान्तरण संगै जीविकोपार्जनमा सहज भएको छ । हालसम्म सक्रिय रूपमा समुह चलाएको हिमाली गाउँपालिका -७ बाँधु गाउँकि लक्ष्मी विकले बताएकी छन ।
अनुगमन कार्यक्रम हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारी, विधालय निरीक्षक परम पाण्डे, वडा अध्यक्ष प्रदिप थापा, असिस्टेन्ट सब-इन्जिनियर प्रेमबहादुर रावत, रुगिन स्वास्थ्य चौकी इन्चार्ज विमला पाण्डे, रोजगार संयोजक विर्ख राज पाण्डे, आइ.डि.एल.परियोजनाको सहायक क्षमता विकास अधिकृत सम्झना शाही, आई.एन.एफ.नेपाल बाजुरा शाखा सहायक परियोजना अधिकृत शंकर उखेडा, आई.एन.एफ.नेपाल बाजुरा शाखा हिमाली गाउँपालिका टिम लिडर लक्ष्मीप्रसाद जोशी, कृषि विकास शाखा प्रमुख टोपबहादुर शाही र पशु शाखा प्रमुख गौरी पाण्डे सहित सहभागिता रहेकोे थियोे ।





