तस्कर

    पर्साको एक ‘अवैध’ गोदाममा छापा, १८ लाख भन्दाबढी मुल्यको लत्ताकपडा बरामद

    नवलपुर टुडे
    २०८२ असार २० | बिहान ११:०३ बजे

      पर्सा। पर्साको एक ‘अवैध’ गोदाममा बिहीबार (असार १९) सशस्त्र प्रहरीले छापा मारेको छ । त्यहाँबाट लत्ताकपडा बरामद गरिएको छ ।

      वीरगन्ज–१, छपकैयास्थित लीलावती देवी, सन्तोष कुमार र भोला साह कानुका गरी तीन घरमा छापा मारेर उक्त सामान बरामद गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

      वीरगन्ज महानगरपालिका–१ बाट करिब १८ लाख ५५ हजार ३५० रुपैयाँबराबरको लत्ताकपडा र जुत्ताचप्पल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । भन्सार छलेर भारतबाट नेपाल ल्याई अवैध रूपले लत्ताकपडा र जुत्ताचप्पल त्यहाँ भण्डारण गरी राखेको पाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

      बरामद सामान भन्सार कार्यालय वीरगन्ज पर्सामा बुझाइएको छ ।

        कमेन्टहरु