अर्थ

    अर्थ र पर्यटन समितिको बैठक आज बस्दै

    नवलपुर टुडे
    २०८२ असार २० | बिहान ०६:०३ बजे

      काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्नेछ । 

      अर्थ समितिको बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्तासँग छलफल गर्ने कार्यसूची छ ।
      बैठक बिहान ११ बजे बस्नेछ । 

      अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि छलफल हुनेछ । बैठक बिहान १० बजे बजेका लागि बोलाइएको छ । 

        कमेन्टहरु