अर्थ, इतिहास, कृषि, कोशी प्रदेश, देश, धर्म–संस्कृति/रीतिथिति, पर्यटन, प्रदेश, प्रबास, बिश्व, राजनीति, रोजगार, विश्व
पूर्व महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लाई यूएईमा रहेका क्रियाशील संघ संस्थाहरू भव्यरुपमा स्वागत कार्यक्रम गरेका छन्

पूर्व महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लाई यूएईमा रहेका क्रियाशील संघ संस्थाहरू भव्यरुपमा स्वागत कार्यक्रम गरेका छन्

प्रवास यूएई/ १ जुलाई २०२५ को दिन महिला बालबालिका तथा ज्येष्ठ नागरिक पुर्व मन्त्री श्री भगवति चौधरी ज्यु, आइकोन युएई आएको बेला छोटो समयमा जानकारी आएतापनि युएईमा कृयासिल रुपमा खोलिएको संस्थाहरु नेपाल आदिवासी जनजाति महासंघ युएई, एनआरएन एनसीसी यूएई, थारु कल्याणकारिणी सभा यूएई, धरान हेल्पिङ ह्यान्डस युएई, नेपाल प्रवासी मन्च युएई र प्रवासी भुजेल समाज युएई लगायत बिभिन्न संघ संस्थाहरुको उपस्थिति सुनसरी समाज युएइको प्रमुख संयोजनमा उक्त कार्यक्रम सम्पन्न गरियो।

सम्मान कार्यक्रम संग संगै अतर्क्रिया कार्यक्रम पनि राखेकोले नेफिन युएईका अध्यक्ष श्री बिक्रम बिक्रम लिम्बु ज्युले युएको नेपाली श्रमिकहरुले पाएका समस्या र तिनको समाधानको विषयहरु साथै प्रदेश नम्बर १ को जातिय पहिचान सँग जोड़ी नामकरणको बिषयमा पनि कुरा राख्नु भयो । थाकस युएईको सभापति भागरथी कुमार भगत ज्युले श्रमिकहरूको न्युनतम तोकिदा तोकिदै पनि मेनपावरले युएईमा पठाउन अन्तर्राष्टिय विमानस्थलमा देखाउने र वास्तविक श्रमिकहरुले पाउने सेवा सुविधाको बारेमा छुट्टाछुट्टै एग्रिमेन्ट गर्ने जस्ता दुश्कर्म कार्य गरि श्रमिकहरुलाई बेचेको जस्तो पाएको छ। गैरकानुनि रुपमा युएईमा बस्नु भएको नेपालीहरुको बिभिन्न कारणबस मृत्यु भए पश्चत सो मृत शरिर नेपाल पठाउनको लागी नेपाली राजदुतावास तथा नेपाल सरकारले कुनै पनि आर्थिक पहल नगरेको गुनासो गर्नु भयो। त्यसैगरी धरान हेल्पिङ ह्यान्डसका अध्यक्ष इश्वर श्रेष्ठ ज्यु ले भिजिट भिसामा आउने ब्यक्तिहरु लाई नेपाली रुपैयाँ २ लाख सम्म को इन्सुरेन्सको व्यवस्था गर्नु पर्ने ताकी काम फर्किने बेलामा त्यसि पैसाको सदुपयोग गरेर नेपाल फर्किन गार्हो नहोस।

त्यसैगरी बावुराम सापकोटा ज्युले बिदेश जानको लागी अनिवार्य तिर्नुपर्ने श्रम शुल्क पछी सोहि नेपालीहरुको केहि काम नलाग्ने उल्टै बिदाबाट फर्किनेबेला दुख पाउने भएकोले श्रम प्रणालि माथी सरकारकाे ध्यानाकर्षण गरियोस भनेर प्रस्तावहरु राख्नु भयो। यसैगरि उपस्थित अग्रज तथा बुद्धिजिविहरुले पनि बिभिन्न किसिम्को समस्याहरु देखाएर ध्यानाकर्षण गर्नु भयो र सम्बन्धित निकाय समक्ष पहल गरिदिनहुन अनुरोध गर्नु भयो।

अन्तमा सबैको दुख पिडा तथा सुझावहरु नोटगर्दै माननिय ज्युले सबै समस्याहरु समन्धित निकाय संग मात्र नराखेर प्रधानमन्त्री ज्यु संग पनि प्रत्यक्ष रुपमा राख्ने आश्वासन दिनुहुँदै उक्त कर्यक्रममा समापन भएको थियो।





