देश

    आज दुई संसदीय समितिको बैठक बस्दै

    नवलपुर टुडे
    २०८२ असार १७ | बिहान ०९:०३ बजे

      काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । 

      बिहान ९ बजे सुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ । 

      बिहान १० बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ । 

        कमेन्टहरु