कृषि, मुख्य समाचार, समाचार

    २२ औं राष्ट्रिय धान दिवस

    उमेश रोकाया
    २०८२ असार १६ | बिहान ०९:०३ बजे

      बाजुरा , असार १६ । २२ औं राष्ट्रिय धान दिवस हिमाली गाउँपालिका सहित जिल्लाभर धान दिवस मनाएका छन । असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि मनाइने गरिन्छ ।

      ‎हिमाली गाउँपालिका आयोजनामा र रेरास परियोजना सहयोगमा बाँधुमा धान दिवस भव्य रूपमा मनाएको छ । “धान बालीमा सघनता खाद्य सुरक्षा र आत्मनिर्भर” अभियानका साथ २२ औं राष्ट्रिय धान दिवस २०८२ तथा रोपाइँ महोत्सव असार १५ मा मनाएका कृषि विकास शाखा प्रमुख टोपबहादुर शाहीले बताएका छन ।

      ‎कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाँदा शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका व्यक्तिहरु पनि दही चिउरा खाई असार १५ मनाउँछन् ।

      वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको थियो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । हिजोको दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । यसै क्रममा हिजो हिमाली गाउँपालिकाले पनि २२ औं राष्ट्रिय धान दिवस बिभिन्न कार्यक्रम गरेर मनाएको गाउँपालिकाले जनाएको छ ।

        कमेन्टहरु