देश

    चारवटा संसदीय समितिको बैठक बस्दै

    नवलपुर टुडे
    २०८२ असार १६ | बिहान ०७:०३ बजे

      काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल हुँदै छ । 

      बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

      शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । 

      बैठक बिहान साढे ८ बजे सुरु हुनेछ । 

      विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि  दफावार छलफल हुँदै छ । बैठक बिहान ११ बजे बस्नेछ । 

      संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक पनि आजै बस्दै छ । 

      बैठकमा सर्वोच्च अदालतका सुनुवाइ हुन बाँकी प्रस्तावित न्यायाधीश र न्याय परिषद् सदस्यको सुनुवाइ गर्ने कार्यसूची छ ।  ।

      बैठक बिहान ८ बजेका लागि बोलाइएको छ । 

        कमेन्टहरु