अपराध

    ठेकेदार मनोजकुमार भेटवाल काठमाडौंमा पक्राउ

    नवलपुर टुडे
    २०८२ असार १४ | बिहान ०९:०३ बजे

      काठमाडौं । बैंकिङ कसुरमा ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई पक्राउ गरेको हो । राजकुमार बरालको जाहेरीका आधारमा भेटवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

      भेटवाललाई अनुसन्धानको सिलसिलामा १३ गते काठमाडौं महानगरपालिका-२९ बाट पक्राउ गररिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । 

      भेटवालविरूद्ध तीन करोडको बैंकिङ कसुरसम्बन्धी मुद्दा परेको छ । भेटवालको जलेश्वर स्वेछन्द विक्वोइ विल्डर्स कम्पनीले पुरानो बसपार्कमा भ्यु टावर बनाउने ठेक्का पाएको थियो ।

       

       

        कमेन्टहरु