शिक्षा

    एसइईको पुरक परीक्षा साउन २९ देखि

    नवलपुर टुडे
    २०८२ असार १४ | बिहान ०७:०३ बजे

      काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नन ग्रेडेड (अनुतीर्ण) भएका विद्यार्थीहरूले साउन २९ गतेदेखि पुरक परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

      बोर्डले शुक्रबार एसइईको नतिजा प्रकाशित गरेको हो । २०८१ सालको चैतमा सञ्चालन भएको एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड (उतीर्ण) भएको बोर्डले जनाएको छ।

      यसवर्षको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए।

        कमेन्टहरु