मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

    पत्रकार क्षमता अभिवृद्धि सम्बन्धी तालिम सञ्चालन

    उमेश रोकाया
    २०८२ असार ११ | मध्यान्ह ०९:०३ बजे

      बाजुरा, असार ११ । बाजुरामा पत्रकारहरुको क्षमता अभिवृद्धि सम्बन्धी पाँच दिने तालिम सञ्चालन गरिएको छ । नेपाल पत्रकार महासंघ बाजुरा शाखाको आयोजना तथा बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको छ ।

      नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिंहले प्रविधिमैत्री युग सुहाउँदो डिजिटल मिडियामा आधारित मोवाइल पत्रकारीता सम्बन्धी तालिमको आयोजना गरिएको बताए । उनले मोवाइल पत्रकारीतासँगै मोवाइलमै फोटो भिडियो इडिटिङ जस्ता विषयमा पत्रकारहरुको क्षमता विकास होस् भन्ने उदेश्यका साथ तालिम सञ्चालन गरिएको बताए ।

      उक्त कार्यक्रमको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले उद्घाटन गरेका हुन् । बुधवारबाट बडीमालिका नगरपालिकाको सभाहलमा सुरु भएको तालिम पाँच दिनसम्म सञ्चालन हुने जनाएको छ । त्यस्तै उक्त तालिम अवधिभर प्रशिक्षण भीषण राईले गर्ने छन् ।

      नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिंहको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि बडीमालिकाका नगर प्रमुख अमर बहादुर खड्का रहेका थिए । त्यस्तै बिशिष्ट अतिथि नगर उपप्रमुख नन्दा थापा, प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझी, पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाह, महासचिव शिवराज भट्ट, सचिव धनराज साँउद लगायत सहभागी रहेकोे थियो ।

        कमेन्टहरु