देश

    गजल

    जगत ठाडा मगर
    २०७८ साउन ११ | बिहान ०९:०४ बजे

      – डम्बर थामी ‘अनुपम’
      झम्के साँझले छोप्नै लागेको गोधूली छ यहाँ
      कालो रातले संसार ढाक्नु मामूली छ यहाँ

      कुरा गरी साध्य छैन विडम्बना कस्तो हुन्छ
      प्रियसीको घाँटी थिच्ने घरमूली छ यहाँ

      अपराध दिनदिनै झन् बढीरहेको बेला
      दोषीका नाइकेलाई सुनैको फूली छ यहाँ

      ‘दुधको दूध, पानीको पानी !’ छुट्टयाउनु पर्ने
      नून मात्र छ कि कानून खुल्दुली छ यहाँ

      भाषणमा सुशासनको चर्को नारा लागे पनि
      ‘चोरलाई चौतारी, साधुलाई सुली !’ छ यहाँ

        कमेन्टहरु