दुर्घटना

    इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुई जनाको मृत्यु

    नवलपुर टुडे
    २०८२ असार ९ | बिहान ०६:०३ बजे

      इलाम । इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आइतबार साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।

      दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये बझाङको बित्छडचिर गाउँपालिका–१ का २६ वर्षीय मदनबहादुर बोहरा र जाजरकोट छेडागाडा नगरपालिका–८ की २३ वर्षीया सिर्जना गिरीको झापास्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

      झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको बा८९ प २२६६ नंको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

      दुर्घटनापछि ट्रक चालक पाँचथरको कुमाय गाउँपालिका–९ का ३३ वर्षीय नितेश बुढाथोकीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

        कमेन्टहरु