कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, साहित्य, सुदुरपश्चिम प्रदेश

    कविताको शिर्षक: शरणार्थीको अधिकारमा चुनौती

    याम बहादुर थापा मगर
    २०८२ असार ८ | बिहान ०९:०३ बजे

      याम बहादुर थापा मगर
      बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर बागलुङ

      कविताको शिर्षक
      शरणार्थीको अधिकारमा चुनौती

      शरण माग्नु अपराध होइन,
      मानवताको गहिरो चिच्याहट हो।
      भोकले, बमले, बलात्कारी युद्धले
      घर भत्किएपछि,
      ज्यान जोगाउन भाग्नु
      एक विकल्प होइन, बाध्यता हो।
      द्धन्द्वका छायामा थिचिएका मान्छेहरू,
      न त अपराधी थिए, न त दोषी,
      तर उनीहरू बने अन्जानमा
      शरणार्थी ।
      हिजो देशको नागरिक,
      आज न त देश छ, न परिचय।
      शरणार्थीहरुको जमातको
      जसको देश सपना बनिसकेको छ।
      सन् १९५१ मा जब
      शरणार्थी सम्बन्धि अन्तर्राष्ट्रिय घोषणा भयो,
      मानवताको बीउ रोपिएको थियो।
      तर त्यो बीउ अझै अंकुराइरहेको छैन।
      २००१ को जुन २० देखि
      संयुक्त राष्ट्रसंघले भन्यो ।
      "शरणार्थी दिवस मनाऔं",

      तर त्यो मनाउने मात्र होइन,
      सम्झिने, बुझ्ने, समाधान खोज्ने हो।
      आज २०२५ मा,
      नारा उठेको छ ।
      “समुदाय एक महाशक्ति”।
      यस नाराले शरणार्थीको सुरक्षा,
      जीवनको गुणस्तर र समावेशी समाजका लागि
      आवाज उठाएको छ।
      हजारौं शरणार्थी ।
      विमान, डूंगा, पैदल यात्रा गर्दै
      सम्भावनाको टोकरी बोकेर आउँछन्।
      उनीहरू भोलिको सपना हुन्,
      उनीहरूलाई असुरक्षित भनिए पनि,
      उनीहरू स्वयं असुरक्षाबाट भागेका हुन्।
      तर विडम्बना,
      नेपालमा ‘नक्कली शरणार्थी’ काण्डले
      मानवताको नाममा चलखेल भयो।
      यो घटना शरणार्थीप्रति बनेको
      सहानुभूतिको जग हल्लिएको छ।
      तर समाधान हो
      न्यायपूर्ण छानबिन, पारदर्शिता,
      र अन्तर्राष्ट्रिय विश्वासको पुनर्निर्माण।
      शरणार्थी स्वागत होस् ।
      संवेदनशीलताको साथ,
      समानताको भावले,
      र पुनर्निर्माणको अवसरले।
      सहअस्तित्व, सहिष्णुता,
      र विविधताप्रति खुला हृदय आवश्यक छ।

      तथ्य नजिकमा गएर
      सुरक्षा खोज्नु मानव अधिकार हो,
      र त्यो अधिकारलाई सम्मान गर्नु
      मानव सभ्यताको आधार हो।
      शरणार्थीहरू
      उनीहरू बोकेर ल्याएका छन् पीडा,
      तर तिनीहरू फैलाउन सक्छन्
      समृद्धिको आशा,
      यदि हामी
      उनीहरूलाई साथ, सम्मान र
      मानवता दिन सक्छौं भने।

        कमेन्टहरु