कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, साहित्य, सुदुरपश्चिम प्रदेश

    कविताको शीर्षक नेपालीलाई विदेश जान कसरी रोक्ने 

    याम बहादुर थापा मगर
    २०८२ असार ४ | मध्यान्ह ०४:०३ बजे

      याम बहादुर थापा मगर
      बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर बागलुङ
      ९८४७६५७३००

      कविताको शीर्षक
      नेपालीलाई विदेश जान कसरी रोक्ने 

      दिउँसोको प्रार्थना उदासीन बन्दै
      घामको झुल्कोले, कञ्चन पाखाहरूमा सुँघाउँछ माटोको गन्ध,
      तर किन हो नेपालीको सपना, उड्छ
      जहाजसँगै, बादलपारी ।
      मन बहलाउने नाममा, भोकको बिसौनी खोज्दै,
      विदेश पुग्ने लहर, आँधी बनेर गाउँ बगाउँदैछ ।

      छोरो विदेशमा इँटा बोक्छ,
      बुबाको काँधमा भारी बाक्लिन्छ,
      छोरीको चिठीमा दुःखको मसी,
      आमाले आँखामा सपना पोत्छिन् ।

      तर के यत्ति हो जीवन ?
      के हाम्रो माटोमा सपना उमार्न नसकिने ?
      पक्कै सकिन्छ, यदि…
      शिक्षा रोजगारीसँग जोडिन्छ,
      सीप गाउँमै बिक्छ,
      राजनीति देश बनाउन लाग्छ ।

      थोरै मल, थोरै ध्यान — खेतीले सुन फलाउँछ,
      हामीले परनिर्भर होइन, आत्मनिर्भर बन्ने आँट गर्नुपर्छ ।
      युवाहरूलाई हौसला देऊ, उद्यममा जुट्न,
      घरैमा उद्योग खोल, पसल राख, तालिम देऊ ।

      विद्यालयबाटै सिक , देशप्रेम र सीप,
      बैंकहरू देऊ सजिलो ऋण, नाफामूलक होइन ।
      सहकार्यमा आधारित ।
      पर्यटनको बाटो बनाउ, संस्कृति बेच्न होइन — देखाउन ।
      सबै भूगोलका बाटोहरू जोड, डिजिटल विकासले ।

      त्यसैले, दिउँसोको प्रार्थना यो हो
      हे माटो ! मलाई बाहिर होइन, भित्रै उज्यालो देखाऊ ।
      हे सूर्य ! मलाई गर्मी होइन, कर्मको जोश देऊ ।
      म नेपाली माटोमै रमाउँछु,
      र यही बाँच्छु — बगैँचा जस्तो आफ्नै देशमा ।

        कमेन्टहरु