प्रबास

    भुमिकास्थान सम्पर्क समिती अर्घाखाँची यू.ए.ई को प्रथम अधिबेशन तथा संस्था स्थापना समारोह सफलता पुर्वक सम्पन्न भएको छ !

    कबिराज राजबंशी
    २०८२ असार ३ | मध्यान्ह १२:०३ बजे

      भुमिकास्थान सम्पर्क समिती अर्घाखाँची यू.ए.ई को प्रथम अधिबेशन तथा संस्था स्थापना समारोह सफलता पुर्वक सम्पन्न भएको छ FB IMG 1750139052593

      कविराज राजवंशी प्रवास यूएई/ सन २०२५ जून १५ तारिक तदनुसार २०८२ आषाढ १ गते ( आषाढ कृष्ण चतुर्थी ) आइतबार का दिन अर्घाखाँची जिल्ला मा अवस्थित तिन नगर पालिका र तिन गाउँ पालिका अन्तर्गत को यौटा नगरपालिका भुमिकास्थान नगरपालिका बाट युएई मा कार्यरत साथीहरुको पहलमा प्रवासमा आइपर्ने सामाजिक अप्ठ्याराहरुलाई समाधान गर्ने पवित्र उद्देश्य राखी विधिवत रुपमा बैदिक सनातन पूर्वीय दर्शन अनुसार पण्डित ज्युहरु बाट स्वस्ति वाचन तथा दिप प्रज्वलन गरी भुमिकास्थान सम्पर्क समिती अर्घाखाँची यू.ए.ई को प्रथम अधिबेशन तथा संस्था स्थापना समारोह सफलता पुर्वक सम्पन्न भएको छ !FB IMG 1750139055582 FB IMG 1750139049490

      दुबई को मुख्य शहर बर दुबई स्थित बलिवूड रेस्टुरेन्ट को हलमा उल्लेख्य उपस्थिति को बिचमा सम्पन्न संस्था स्थापना तथा प्रथम अधिबेशन बाट निर्बिरोध निर्वाचित हुनु भएका सामाजिक क्षेत्रका एक स्वभामानी, अब्बल र इमान्दार ब्यक्त्तिव अध्यक दिपक साह ठकुरी ज्यू लगायत नव निर्वाचित पदाधिकारीहरु बरिष्ट उपाध्यक्ष निरज भूसाल, ओम के सि, महिला उपाध्यक्ष पार्वता मल्ल उपाध्यक्षहरु राकेश रायमाझी, हरिलाल रायमाझी, अनु शर्मा, बिजय रानाभाट र जीवन खनाल त्यसैगरी महासचिव भीम के.सि, सचिव हरि खनाल र हरि भण्डारी अनी कोषाध्यक्ष रामु श्रेष्ठ र स-कोषाध्यक्ष रीता बँजाड़े, प्रवक्ता नवराज सिंह लगायत सदस्यहरु तुलसा खनाल, कृष्ण गमाल, कमल खनाल, गंगा के.सि, राहुल खनाल, नरेश भाट, जूना पन्थी, आकाश भूसाल, खिम प्रसाद शर्मा, अरुण शर्मा, अनिल गैरे, मीना बँजाड़े, बिमल पौडेल, सुदन पाण्डे, सूरज रेग्मी, कमल गैरे, चक्रपाणि गैरे, धुर्ब गैरे, मधु भूसाल बेलबासे भरत के.सि, प्रियंका श्रेष्ठ, पम्फा सिंह, सुनीता पौडेल, श्रीजना ओली र विष्णु कुमारि घिमिरे लगायतको टीम चयन भएको छ।FB IMG 1750139039559 FB IMG 1750139027787 FB IMG 1750138998261

      भुमिकास्थान सम्पर्क समिती अर्घाखाँची यू ए ई . Facebook logo मा क्लिक गरी पेजमा visit गर्न सक्नु हुनेछ।

       

       

      1024px Facebook f logo 2021.svg

       

        कमेन्टहरु