समाज

    आज शनिबार खोला मापदण्डको बिषयमा नेवा: समुदाय बीच छलफल हुने

    रिदेन महर्जन
    २०८२ जेष्ठ ३१ | बिहान ०५:०२ बजे

      काठमाडौं । आज शनिबार जेष्ठ ३१ गते खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुने भएकाे छ।

      खोला मापदण्ड सम्बन्धि नेपाल सरकार मन्त्री परिषद र सर्वोच्च अदालतको निर्णयलाई लिएर सम्पुर्ण खोला मापदण्ड खारेजिको माग राखि निरन्तर संघर्षका कार्यक्रम गर्दै आएको यस भूमि अधिकार संरक्षण समितिले ” खोला मापदण्ड र हाम्रो सरोकार ” बिषयमा बिहान ११:०० बजे खुसिबुँ स्थित नेपा: ब्यङ्क्वैटमा नेवाः समुदायभित्रका जातिय समाजका नेतृत्वगणसहित सम्बन्धित सरोकारवाला र मापदण्ड पिडितहरुको छलफल भेला बोलाएको छ भने उक्त कार्यक्रमकै क्रममा खोला मापदण्ड विरुद्ध बिभिन्न संघर्षका कार्यक्रम घोषणा गर्ने जानकारी प्राप्त भएको छ ।

      केहि दिन अघिमात्र बाङ्गेमुढामा बिरोध सभा सहित मसाल जूलूस गरेको उक्त समितिले २०६५ मंसिर १ गते मन्त्रीपरिषदले बिभिन खोलाको किनाराबाट ४ मिटर देखि २० मिटरसम्म खोला मापदण्ड निर्धारण गरेकोमा सो मापदण्ड सहित संपुर्ण खोला मापदण्ड खारेज गराउन बिभिन्न गतिविधि गर्दै आईरहेको छ ।

      रामेश्वर खनालको अध्यक्षतामा बनेको उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोग-२०८१ को सुझाबलाई आधार मानेर खोला मापदण्डको थप २० मिटरमा क्षेत्रमा खालि रहेको सार्वजनिक सहित ब्यक्तिको निजि जग्गालाई खालि नै राख्ने भनि २०८२ जेष्ठ २ गते मन्त्रीपरिषदले निर्णय गरेको थियो भने खोला मापदण्ड विरुद्ध संघर्षरत भूमि अधिकार संरक्षण समिति सहित सरोकारवाला बिभिन्न संघ-संस्थाहरुको बिरोधको कारण २०८२ जेष्ठ २६ गते उक्त निर्णय सच्याउँदै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट हाललाई कार्यान्वयन नगर्ने/ नगराउने निर्णय सार्वजनिक गरेको छ ।

      यहि असार १२ गतेको पेशिमा पुनरावलोकनमा गएको नेपाल सरकारको विरुद्ध सर्वोच्च अदालतले निर्णय गरेमा नदि/खोलाको २१/२२ सालको नापिनक्सा र राहुल आयोगको प्रतिवेदन अनुसारको खोला किनारबाट खालि रहेको जग्गा खालि नै छोड्नुपर्ने र खोला मापदण्डमा पर्ने दुरि यस प्रकार छन् ।

      १. बागमती नदि = ४० मिटर
      २. विष्णुमती नदि = ४०
      ३. मनहरा नदि = ४०
      ४. हनुमन्ते नदि = ४०
      ५. धोवी खोला = २९ मिटर ।
      ६. नख्खु खोला = ३२ मिटर
      ७. बल्खु (ईन्द्रावति)खोला = ३० मिटर
      ८. कर्मनासा खोला = ३० मिटर
      ९. कोड्कु खोला = ३० मिटर
      १०.साङ्ले खोला = ३० मिटर
      ११. महादेव खोला = ३० मिटर
      १२. करखुशी खोला = २६ मिटर ।
      १३. टुकुचा = २४ मिटर
      १४.सामाखुशी = २४ मिटर
      १५. हनुमन्ते खोला बग्ने नगरोन्मुख गाविसहरुमा र नाम उल्लेख नभएका खोला-खोल्सिको किनारबाट २० मिटर छोड्नुपर्ने ।

        कमेन्टहरु