दुर्घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

    बाजुरामा जीप दुर्घटना ६ जना घाइते

    उमेश रोकाया
    २०८२ जेष्ठ २९ | मध्यान्ह ०३:०२ बजे

      बाजुरा , जेठ २९ । बाजुराको खप्तड छेडेदह गाउँपालिका १ काँडामा जीप दुर्घटना भएको छ । बिहीवार बिहान ६ बजेतिर काँडाबाट अछामको साँफेबगर जादैँ गरेको जीप दुर्घटना भएको हो ।

      खप्तड छेडेदह १ गोठपाडा बस्ने अन्दाजी ३४ बर्षका लक्ष्मण रोकायाले चलाएको सुप.प्र.०१ –००१च४१९० नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

      काँडाको चौकानाभित्र सडकखण्डमा जीप रोकेर ओत लगाउने क्रममा जीप एक्कासी अगाडि बढ्दा जीप सडकबाट करिब ५० मिटर तल खसेको हो ।

      जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइते हुनेमा खप्तड छेडेदह १ काँडा बस्ने अन्दाजी ८० बर्षकी तुरु सुनार, ४५ बर्षकी पार्वती विक, ६० बर्षकी तिल्दी सुनार, सान्ति विक, ७० बर्षका श्यामलाल विक र बडीमालिका नगरपालिका ९ बस्ने अन्दाजी २९ की बिन्दु विक छन् ।

      घाइते सबैको अहिले अछामको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते भएका एक।दुई जना बाहेक सबैको अवस्था सामान्य छ । जीप चालक रोकायालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु