शिक्षा

    अत्यधिक गर्मी बढेपछि कपिलवस्तुका बाणगंगा र बुद्धभुमी नगरपालिकाले गरे विद्यालयमा बिदा

    नवलपुर टुडे
    २०८२ जेष्ठ २७ | मध्यान्ह १२:०२ बजे

      कपिलवस्तु । अत्यधिक गर्मी बढ्दै गएपछि पठनपाठनमा समस्या आएको जनाउँदै कपिलस्तुका दुई पालिकाका विद्यालय बन्द गरिएका छन्। कपिलवस्तुका बाणगंगा र बुद्धभुमी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।

      जिल्लाका अन्य ८ स्थानीय तहले समेत विद्यालय बन्द गर्ने बारे छलफल चलेको बताएका छन्। दुवै पालिकाले चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। दुवै पालिकाले जेठ २७ देखि ३० गतेसम्म विद्यालय बन्द रहने सूचना निकालेका छन्।

      बाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख खिमबहादुर जिसिले गर्मी निरन्तर बढदै गएपछि पठनपाठनमा समस्या आएकाले विद्यालय ४ दिन बिदा दिइएको बताए। यता पठनपाठनमा समस्या आएकाले ४ दिनका लागि बिदा दिइएको बुद्धभुमी नगरपालिका शिक्षा शाखाका कृष्णप्रसाद भट्टराईले बताए।

      जिल्लाका अधिकांश विद्यालय टीनको छानो भएको र विद्युत् समेत अनियमित हुने गरेको छ। जसले गर्दा गर्मीमा पठनपाठनमा समस्या आउने गरको शिक्षकहरू बताउँछन्। गर्मीका कारण साना बालबालिकाहरू कक्षा कोठा मै निदाउने, अर्धचेत हुने समस्या बढेको शिक्षकहरू बताउँछन्।

      1749535901 bidhalya%202
      1749535901 bidhayalaya%201

       

       

        कमेन्टहरु