भ्रष्टाचार

    नेपाल टेलिकमकाे भ्रष्टाचार मुद्दामा यी हुन् १८ प्रतिवादी

    नवलपुर टुडे
    २०८२ जेष्ठ २५ | मध्यान्ह ०४:०२ बजे
       

      काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार अख्तियारले नेपाल टेलिकममा बिलिङ प्रणाली मर्मत–सम्भारमा भएको भ्रष्टाचारको आरोपमा ३३ करोड बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

      आयोगले टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी, पूर्वमुख्यसचिव वैकुण्ठ अर्याल र पूर्वप्रबन्ध निर्देशक सुनील पौडेलसहितलाई प्रतिवादी बनाएको छ ।

      आरोपीहरू:  – नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल 
      – तत्कालीन प्रमुख व्यावसायिक अधिकृत (हाल प्रबन्ध निर्देशक) संगीता पहाडी भन्ने संगीता अर्याल 
      – तत्कालीन प्रमुख प्राविधिक अधिकृत प्रतिभा वैद्य भन्ने प्रतिभा श्रेष्ठ 
      – तत्कालीन प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ
      – तत्कालीन प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय  
      – तत्कालीन निर्देशक विनिता श्रेष्ठ । 
      – तत्कालीन निमित्त निर्देशक अमूल प्रधान   
      – तत्कालीन प्रबन्धक देवेन्द्र खतिवडा   
      – तत्कालीन उप-प्रबन्धक राजीव कुमार केसी  
      – तत्कालीन उप-प्रबन्धक सन्तोषकुमार श्रेष्ठ  
      – तत्कालीन उप-प्रबन्धक नवल चौधरी  
      – तत्कालीन उप-प्रबन्धक मुक्तिप्रसाद अर्याल 
      – तत्कालीन उप-प्रबन्धक हेमप्रभा कर्ण भन्ने हेमप्रभा रामप्रताप कर्ण 
      – तत्कालीन उप-प्रबन्धक परमात्मा भट्टराई  
      – AsiaInfo Yunghang Software (Beijing) Limited (Formerly AsiaInfo-Linkage Technologies (China) Inc.) AsiaInfo Yunghang Software (Beijing) Limited को AMC with upgrade को सम्झौतामा संलग्न Senior Director Long Yong.
      – AsiaInfo Yunghang Software (Beijing) Limited (Formerly AsiaInfo-Linkage Technologies (China) Inc.), AsiaInfo Yunghang Software (Beijing) Limited को CRBT&CS Project Office, Kathmandu का तत्कालीन Operation/Project Manager Mr. Huang Wei (Yellow).
      – AsiaInfo Yunghang Software (Beijing) Limited (Formerly AsiaInfo-Linkage Technologies (China) Inc.), AsiaInfo Yunghang Software (Beijing) Limited को Local Agent Arniko International Pvt. Ltd. को Director शैलेस श्रेष्ठको हकमाः
      -AsiaInfo Yunghang Software (Beijing) Limited (Formerly AsiaInfo-Linkage Technologies (China) Inc.), AsiaInfo Yunghang Software (Beijing) Limited

      यी हुन् प्रतिवादीहरू :

      pratibadi12025 06 08 03 12 03

      pratibadi22025 06 08 03 11 56

      pratibadi32025 06 08 03 11 49

      pratibadi42025 06 08 03 11 40

       

        कमेन्टहरु