देश

    आज चारवटा संसदीय समितिको बैठक बस्दै

    नवलपुर टुडे
    २०८२ जेष्ठ २३ | बिहान ०६:०२ बजे

      काठमाडौं । संघीय संसद् अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । 

      कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मिति २०८२ साउन २ र ३ गते हुने हिन्दकुश हिमालयका जनप्रतिनिधिहरू सहभागी हुने सम्मेलन आयोजना सम्बन्धमा वन तथा वातावरण, परराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गर्ने कार्यसूची छ ।

      बैठक बिहान साढे ८ बजे बस्नेछ । 

      राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्तासँग छलफल हुनेछ । 

      बैठक बिहान साढे ८ बजेका लागि बोलाइएको छ । 

      सार्वजनिक लेखा समितिको बैठकमा २३औँ वार्षिक प्रतिवेदनको मस्यौदा वितरण हुनेछ । बैठक बिहान साढे १० बजे हुनेछ । 

      विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ । 

      बैठक बिहान ९ बजे सुरु हुनेछ । 

        कमेन्टहरु