कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, देश, प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, समाज, साहित्य, सुदुरपश्चिम प्रदेश

     कविताको शिर्षक भुटानी शरणार्थीको रात

    याम बहादुर थापा मगर
    २०८२ जेष्ठ २१ | मध्यान्ह ०२:०२ बजे

      याम बहादुर थापा मगर

      बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर बागलुङ

      ९८४७६५७३००

       कविताको शिर्षक

      भुटानी शरणार्थीको रात

      भुटानको हरियो डाँडा माथि हिउँ परेको थियो,
      तर त्यो हिउँ केवल चिसो थिएन — निर्वासनको संकेत थियो।
      नेपाली भाषीहरू, जो त्यो देशका नागरिक थिए,
      हिजोको बिहानमा सहिद भइसकेका थिए।

      कसैको पुर्खाको खेत खोसियो,
      कसैको नागरिकता — रित्ता कागज जस्तै उड्यो।
      शिरानीमा भुटानको माटो हालेर
      झापाको शिविरमा उनीहरूले रात काटे,
      आँशु सुकाए, सपना साँचेर सुत्न खोजे।

      अमेरिकाको देशमा केही समाधानका लागि उडे ।
      क्यानडाको जाडोमा केही भुटानीले नयाँ जीवन खोजे।
      तर मनभित्र उस्तै थियो एकै प्रश्न:
      हामीले केही सस्कृती र भाषा चोरेका थियौँ?
      हामी त जन्मिएका थियौँ — ती फूल फुलेका थियौँ त्यहीँ
      तर मुलुकले माया गर्न जानेन,
      उपहारम  दिएन भुटानी पहिचान।

      तर फेरि  नक्कली भुटानी बनेर,
      शरणार्थीको पीडालाई नाटक बनाइयो।
      नेताहरूका कागजी खेलमा
      कसैले अर्काको आँशु बेचेर खुशी साटन उडे
      यथार्थलाई फेरि पनि धुँवाको पर्दाले ढाकियो।

      साहित्य लेखियो, कविता बग्यो, फिल्म बने ।
      तर भुटानी शरणार्थीको घर फर्किने सपना अधुरै रह्यो।
      एक छिन प्रश्न उठ्छ ।
      किन अन्तर्राष्ट्रिय मंचहरू मौन छन् ?
      किन ऐतिहासिक घाउलाई मलम होइन,
      बिर्सने औषधी दिइन्छ ?

      शरणार्थीको समाधान सम्झौतामा होइन,
      साँच्चैका न्याय र आत्म सम्मानमा छ।
      किनभने शरणार्थी केवल घर गुमाएका होइनन् ।
      भुटानीहरूले सपना, पहिचान र भविष्य पनि हराएका छन्।

        कमेन्टहरु