कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, वातावरण, शिक्षा, समाज, साहित्य

    कविताको शिर्षक विश्व खाद्य स्वच्छता दिवस

    याम बहादुर थापा मगर
    २०८२ जेष्ठ २० | बिहान ०८:०२ बजे

      याम बहादुर थापा मगर

      बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर बागलुङ

       

      कविताको शिर्षक

      विश्व खाद्य स्वच्छता दिवस

      विगतले सुनाउँछ
      खाना मात्र पेट भर्ने साधन थियो,
      हात धुने कुरा झन् विलासिता,
      ढकनी बिना पकाइन्थ्यो,
      धुलो र कीरासँगै नून स्वाद हुन्थ्यो।

      तर रोगहरू आउँथे चुपचाप
      दशकौंसम्म नबुझिने पीडा,
      संक्रमणका जरा पाक्थे भान्साभित्रै,
      स्वच्छताको विज्ञान छुटेको हुन्थ्यो
      हाम्रा भान्साघरहरूबाट।

      आजको युग भने फरक छ ।
      हामी बुझ्न थालिसक्यौं,
      खाना केवल स्वादको कुरा होइन,
      यो स्वास्थ्यको पहिलो सिँढी हो।
      “स्वच्छ खाना, दिर्घायु जीवन”
      अब नारामात्र होइन, अभ्यास बन्नुपर्छ।

      खाद्य सुरक्षा भन्नाले
      अब झोलामा प्याक गरिएको होइन,
      त्यसको भित्रको शुद्धता,
      पकाउने हातको सरसफाइ,
      बजारमा बेचिने वस्तुको वैज्ञानिक परीक्षण हो।

      भविष्यमा अझै सजग हुनुपर्ने छ ।
      रोग प्रतिरोधात्मक शक्ति बनाउने खाना,
      कृत्रिम रसायनमुक्त उत्पादन,
      घरेलु परिकारहरूमा पोषणको ध्यान
      स्वस्थ समाजको जग हो।

      हामीले अब भन्न सक्नुपर्छ ।
      खाना प्रेम हो,
      तर त्यो प्रेम सावधानीमा बसोबास गर्छ।

      सकारात्मक सोच के हो भने ।
      हाम्रो सानो अभ्यास,
      जस्तै – हात धुनु, ढकनी लगाउनु,
      ताजा पकाउनु,
      हाम्रो सम्पूर्ण जीवनको आयु बढाउने
      सुनौलो सूत्र बन्न सक्छ।

      स्वच्छता अब रोजाइ होइन,
      यो आवश्यकता हो।
      र विज्ञान, हाम्रो विश्वास।

       

      यस वर्षको दिवसले सम्झाउँछ

      खाद्य पदार्थमा स्वच्छता

      विज्ञानको अपरिहार्यता
      स्वास्थ्य थालमा सुरु हुन्छ,
      र जीवन
      हाम्रो भान्साबाटै बलियो बन्छ।

        कमेन्टहरु