प्रबास, बजार/ब्यबसाय

    माउन्ट एभरेष्ट सुपर मार्केटले दुवई मा नयाँ साखा विस्तार गरेकाे छ 

    कबिराज राजबंशी
    २०८२ जेष्ठ १८ | मध्यान्ह १२:०२ बजे
      1. FB IMG 1748760292031प्रबास दुवई/ माउन्ट एभरेष्ट सुपर मार्केटले दुवई मा नयाँ साखा विस्तार गरेकाे छ। ३१ मई शनिबारका दिन दुबई स्थित बर्जुमानबाट सरफ डी.जी. मेट्रो स्टेशन बीच आफ्नो नयाँ सुपर मार्केट खोलेको छ। व्यवसायी पूर्णप्रसाद जैशी आचार्यको लगानीमा युएईमै पहिलो नेपाली ठूलो माउण्ट एभरेष्ट सुपर मार्केट विधिवत पूजाआजा संगै भव्य रुपमा उद्घाटन सम्पन्न भएको छ । FB IMG 1748760294448

       

       उद्घाटन समारोहमा नेपाल महाबाणिज्य दूतावासका उप बाणिज्य दूत कृष्णप्रसाद चापागाई, नेपाल एसोसिएसन एनआरएनए एनसीसी युएईका अध्यक्ष विकास शाही र नेपाली समाज युएईका अध्यक्ष राम मोक्तानले संयुक्त रुपमा रिवन काट्नु भाएको थियो। 

      FB IMG 1748760261050

      FB IMG 1748760299080

      सुपर मार्केटमा अन्य विभिन्न एफएमसीजीको सम्पुर्ण सामानहरु जस्तै खाद्यान्न सामाग्री, घरायसी सामाग्री, लत्ताकपडा, ब्युटी केयर तथा कस्मेटिक, फ्रेस सागपात, नेपाली स्टाईलको छाला वाला खसी र कुखुराको मासु लगायत बिशोषगरी नेपाली सामानहरु पनि उपलब्ध रहेको पाईन्छ । 

        कमेन्टहरु