समाज

    नेवार समुदायले मनाए शिथिः नखः पर्व

    नवलपुर टुडे
    २०८२ जेष्ठ १८ | मध्यान्ह १२:०२ बजे

      काठमाडौँ । नेवार समुदायले आज शिथिः नखः पर्व मनाएका छन् । नेवार समुदायले आज शिथि नखः पर्व हर्षोल्लासका साथ मनाउने गर्दछन् । सोही परम्पराअनुसार यस दिनलाई कुमार कार्तिकेय (शिथि द्यः) को जन्मजयन्तीको रूपमा पनि मनाइन्छ ।

      शिथिः नखः पर्व धार्मिक मात्र नभइ पर्यावरणीय महत्वका रुपमा लिने गरिन्छ । परापूर्वकालदेखि नै नेवाः समुदायले यस दिनलाई वातावरण दिवसको रूपमा मनाउँदै आएका छन् । आजको दिन पानीका मुहानहरू इनार, धारा, बाटो इत्यादि सरसफाइ गर्ने चलन छ ।

        कमेन्टहरु